Precious Foundation for Valuable Life
How to be good and rich

गोपु श्रेष्ठद्वारा लिखित ‘मूल्यवान् जिन्दगीका अनमोल आधारहरू’ जिन्दगी नियति हो वा अवश्यम्भावी पराजयको पूर्वतयारी हो भन्नेहरूका लागि एउटा गतिलो जवाफ हो। यो आत्महाराहरूको विपक्षमा आत्मविश्वासको विजय-उद्घोष हो। इमान, जमान र नैतिकताको जगमा उभिएर सङ्घर्ष गरिरहने मान्छे सफलताको कुन मुकामसम्म पुग्न सक्छ, त्यस कुराको जिउँदो प्रमाण गोपु श्रेष्ठको आफ्नै जीवन हो। नेपालमा रहँदा, गरिबी, भोक, असहयोग र अपहेलनाबाट आक्रान्त श्रेष्ठको जीवनबाट सकारात्मक उज्यालो कहिल्यै विसर्जित भएन। उनले पीडालाई ऊर्जामा परिणत गर्न सिके, र सङ्घर्षमै पनि जीवनलाई उत्सवमय बनाउन सिके। आज अमेरिकामा प्रचण्ड नैतिक बल, बुलन्द आत्मविश्वास र उच्च सम्मानको जीवन बाँँचिरहेका श्रेष्ठ एक सफल व्यवसायी र उद्यमी हुन्। उनको यो पुस्तक जीवनमा सफलताको सूत्र खोजी हिँड्ने जिज्ञासु र उत्साहीहरूका लागि एउटा सञ्जीवनी हो। यस पुस्तकले जीवनको मूल्य, समयको साइरन र नैतिकताको धरातल बुझ्ने जोकोहीको पनि जीवन कसरी अमूल्य र अर्थपूर्ण बन्न सक्छ, त्यो सूत्र बताउँछ।

महेश पौड्याल

“The Precious Foundations of a Valuable Life, written by Gopu Shrestha, is a compelling response to those who believe that life is merely fate or a prelude to inevitable defeat. It is a declaration of confidence triumphing over despair.

Standing firm on the pillars of honesty, time, and morality, Shrestha’s own life serves as living proof of how far a person can go through persistent struggle. While in Nepal, despite poverty, hunger, lack of support, and humiliation, the light of positivity in his life never faded. He learned to transform pain into energy and to celebrate life even amidst hardship.

Today, living in America with profound moral strength, unwavering confidence, and high respect, Shrestha is a successful businessman and entrepreneur. His book is a life-giving elixir for seekers of success — curious and enthusiastic individuals in pursuit of life’s true formula. It reveals how anyone who understands the value of life, the ticking of time, and the foundation of morality can make their own existence priceless and meaningful.”Central Department of English,

Mahesh Poudel, Tribhuvan University, Kathmandu, Nepal